Butwal Today

दाङमा नेकपाका नेता–कार्यकर्ताको सामूहिक राजीनामा, स्वतन्त्र उम्मेदवार केसीलाई समर्थन

११ फाल्गुन २०८२, सोमबार
अ+
अ-

दाङ।
दाङ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी का ४७ जना नेता तथा कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन्। सोमबार राप्ती गाउँपालिका–४ मौरीघाट मा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य चित्रबहादुर थापा सहितका नेता–कार्यकर्ताहरूले पार्टीको साधारण सदस्य समेत नरहने गरी सामूहिक राजीनामाको घोषणा गरेका हुन्।

उनीहरूले दाङ–१ का स्वतन्त्र उम्मेदवार तथा नेकपाका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीको पक्षमा उभिएको विषयलाई लिएर केन्द्र, प्रदेश, जिल्ला र पालिका तहसम्मका नेताहरूमाथि पालैपालो कारबाही गरिएको आरोप लगाएका छन्। सो कारबाहीप्रति असहमति जनाउँदै आफूहरू स्वतन्त्र नागरिकको हैसियतमा अघि बढ्ने निर्णयमा पुगेको बताएका छन्।

राजीनामा घोषणा कार्यक्रममा वक्ताहरूले पार्टीभित्र विचार स्वतन्त्रता र लोकतान्त्रिक अभ्यास कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै बाध्य भएर सामूहिक रूपमा अलगिएको उल्लेख गरेका छन । उनीहरूले आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवार केसीलाई चुनाव चिन्ह “आँप” मा मतदान गरी अत्यधिक मतले विजयी गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?