Butwal Today

काष्ठमण्डपको दुवै टोली सेमिफाइनलमा

१० फाल्गुन २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

आयोजक काष्ठमण्डपको ‘ए’ र ‘बी’ टोली काष्ठमण्डप छात्र फुटसल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

काष्ठमण्डप ‘ए’ समूह ‘ए’ को उपविजेता तथा काष्ठमण्डप ‘बी’ समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । काष्ठमण्डप ‘ए’ ले ६ तथा काष्ठमण्डप ‘बी’ ले ७ अङ्क जोडे ।

प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेल खेलाइएको हो । समूह ‘ए’ बाट ७ अङ्कका साथ ‘द सेलिब्रेसन’ को–एड विजेता तथा समूह ‘बी’ बाट ६ अङ्कसाथ एआईटीएम उपविजेता हुँदै सेमिफाइनल पुगेको हो ।

आयोजक दुवै टोलीको भेट सेमिफाइनलमा हुनेछ भने अर्को सेमिफाइनल सेलिब्रेसन को–एड र एआईटीएमबीच हुनेछ ।

शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः रु ५० हजार, रु २५ हजार र रु १५ हजार पुरस्कार प्राप्त गर्ने छन् । भक्तवीरसिंह तुलाधर फाउन्डेसनको मुख्य प्रायोजन तथा स्टडी प्लसको सहयोगमा मण्डिखाटारस्थित आयोजककै हातामा भइरहेको उक्त प्रतियोगिता सोमबार सम्पन्न हुनेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?