Butwal Today

एक स्वास्थ्य अवधारणाको आवश्यकता

१० फाल्गुन २०८२, आइतबार
अ+
अ-

परिचयः 
यो एउटा जनस्वास्थ्य पशु स्वास्थ्य र बोटबिरुवासँग सम्वन्धित बहुपक्षीय उच्चस्तरीय सहकार्य हो ।

जसमा विभिन्न बिषयबिज्ञको ज्ञान सीप प्रयोग गरि स्टेकहोल्डर समक्ष एकल स्वास्थ्य अबधारणा पु¥याउने तरिका हो । जसमा जनस्वास्थ्य पशुस्वास्थ्य बोटबिरुवा र हामीहरूले बनाएको बाताबरणले पारेको प्रभाबबाट रोग देखिने हुनजान्छ ।

पशुपन्छीपालक कृषकहरूलाई आफूले पालेका पशुपन्छीहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव पारेको हुन्छ जस्तै पशुबाट आउने ¥याल, सिँगान, दिशा पिसाब आदि जस्ता श्राबहरूले विभिन्न रोग फैलाउँछ ।

यसले पशु र मानिसलाई मात्र नभएर वाताबरणलाई समेत असर पु¥याउँछ । यसरी सम्पूर्णरूपमा जगतमा रहेका मानिस पशुपन्छी र वाताबरणबीच स्वास्थ्य सम्बन्धी पारस्परिक सम्बन्धको स्थानिय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा अध्ययन गर्ने अवधारणालाई एकल स्वास्थ्य अवधारणा भनिन्छ ।

एकल स्वास्थ्य अवधारणाको आवश्यकताः

एकल स्वास्थ्य अवधारणाले नै मानिस पशुपन्छी र वाताबरणबीच एक आपसमा रोग कसरी सर्छ तथा कसरी रोकथाम तथा न्यूनिकरण गर्ने भनेर सिकाउँछ । उदाहरणको रूपमा पशुबाट मानिसमा र मानिसबाट पशुमा सर्ने रोग (-Zoonotic diseases_ ) जस्तै रेबिज, क्षयरोग, ब्रुसेलोसिस आदिले मानव तथा पशु स्वास्थ्यमा कसरी असर पु¥याउँछ भनेर अध्ययन गर्छ ।

हाल बर्षेनी बिश्वको जनसख्या वृद्धि भइरहेको परिप्रेक्षमा कुनै न कुनैरूपमा घरपालुवा जनावरहरूको पालन बढ्दो क्रममा रहेको पाइन्छ । पाल्तु जनावरहरूको सम्पर्क हाम्रो लागि जीवनोपयोगी मात्र नभई हामी बाच्नको लागि दुध, अण्डा, मासु, छाला, भुत्ला, रौ, ढुवानी खेलकुद शिक्षा मनोरन्जन तथा उपचार आदिसँग सिधा सम्पर्कमा हुने गर्दछौ ।

मानिसमा सर्ने रोगहरू:
पशुपन्छी रोगी भएमा दूध, अण्डा र मासुको माध्यम हुँदै मानिसमा विभिन्न रोगहरू सर्दछन् । जस्तै रेविजबाट संक्रमित पशुहरूको टोकाइबाट रेबिज रोग मानिसमा सर्दछन् ।

दूधको माध्यमबाट: मानिसमा सर्ने प्रमुख रोगहरूमा क्षयरोग, ब्रुसेलोसिस, साल्मोनेलोसिस, स्टाफाइलोकोकाइ सङ्क्रमण, खोरेत, हैजा टाईफाइड, पाराटाइफाइड, दादुरा, डिप्थेरिया, सिजेलोसिस, हेपटाइटिस आदि पर्दछन् ।

अण्डाको माध्यमबाट: अण्डाको माध्यमबाट सालमोनेलोसिस, बर्डफ्लु जस्ता रोगहरू सर्दछन् । मासुको माध्यमबाट ई. कोलाई संक्रमण, पट्के, बोभाइन स्पोन्जिफर्म इन्सेफेलोपेथी ट्राइचिनेलोसिस, सालमोनेलोसिस, स्क्रेपी, सिस्टिसर्कोसिस, टेनियोसिस, हाइडेटिडोसिस जस्ता रोगहरू सर्ने गर्दछन् ।

पशुपन्छीका रोगहरू:
नेपालमा विशेषरूपमा असर गरेका पशुपन्छीका रोगहरूमा पट्के, एट्रोपिक राइनाइटिस, एजुस्काई डिजिज, बोभाइन ट्युवरक्लोसिस, बोभाइन ब्रुसेलोसिस, बफेलो पक्स, क्यापराइन र ओभाइन ब्रुसेलोसिस, क्लासिकल स्वाइन फिभर, कन्टाजियस बोभाइन पिल्युरो न्यूमोनिया, कन्टाजियस क्यापरिन पिल्युरो न्यूमोनिया, ओभाइन इपिडिडाइमिटिस, ओभाइन फुट रट, पिपिआर, प्रोकाइन ब्रुसेलोसिस, भेडा तथा बाख्राको बिफर, बर्ड फ्लु, एभियन टुबरक्लोसिस, चिकेन भाइरल इन्फेक्सियस एनेमिया, डक भाइरल इन्टेराइटिस एनेमिया, डक भाइरल हेपाटाइटिस र ग्ल्यानडर्स आदि रहेका छन् ।

जनस्वास्थ्य पशुस्वास्थ्य बोटबरुवा र बातावरणमा सन्तुलन कायम गर्न सहयोग पु¥याउने । देशको पशुधनको सुरक्षा र जनस्वास्थ्य संरक्षणमा योगदान पु¥याउन विशेष पशु रोगहरूको नियन्त्रण सेवामा विस्तार गर्ने ।

आयात प्रतिस्थापन तथा निर्यातमुलक पशुपंछी उत्पादनबाट उद्योगलाई कच्चा पदार्थ उपलव्ध गराई सहयोग पुर्याउने । व्यवसायीक पशुपंछीपालन, त्यसको श्रोत विकास तथा संरक्षण सेवा तथा वजार व्यवस्थापनमा निजि क्षेत्रलाई संलग्न गराउने । पशुपंछी उत्पादन क्षेत्र र सम्वन्धित उद्योग र व्यापारलाई प्रोत्साहन दिई स्वरोजगारको अवसरमा वृद्धि ल्याउने ।

पशुपंछी उद्योग व्यवसायसंग सम्बन्धित सामाग्रीहरूको गुणस्तर निर्धारण तथा नियन्त्रण सेवामा विस्तार गर्ने ।

एकल स्वास्थ्य अवधारणाले सहयोग गर्ने पक्षहरूः

जनचेतनाको स्तरवृद्धिः आम जनसमुदायलाई एकल स्वास्थ्य अवधारणाले स्वास्थ्यको पक्षमा बृहत अवधारणा विकास गर्न सहयोग गर्छ । हाम्रोजस्तो देशमा जनस्तरमा अझैपनि पशुबाट मानिसमा सर्ने रोगको बारेमा जानकारी छैन ।

यसबाट बातावरणमा कति असर पर्दछ भन्ने बारेमा कुनै लेखाजोखा नै हुदैन । अतः यसले मानिसबाट पशुमा र पशुबाट मानिसमा बोटबिरुवा र बातावरण कति असर पर्दछ ? र हामीले नसोचेका रोगपनि सर्दछन् र यी रोगले प्रत्यक्ष अप्रत्यक्ष रूपमा सरोकारवाला पक्षलाई कति असर पु¥याउँछ भन्ने बारेमा जानकारी दिन्छ ।

रोग नियन्त्रणः पशुबाट मानिसमा र मानिसबाट पशुमा सर्ने विभिन्न रोगहरू नियन्त्रण गर्न विभिन्न उपायहरू जस्तै पशुवस्तुलाई समयमै खोप लगाउने, जैविक सुरक्षाका उपायहरू अपनाउने, खोर गोठको सरसफाइ गर्ने, व्यत्तिगत सरसफाइमा ध्यान दिने जस्ता कार्यले रोग नियन्त्रणमा सहयोग पुग्ने र पशुपालन ब्यवसायमा आर्थिक सम्बृद्धि हुने आशा गर्न सकिन्छ ।

रोगबाट बचावट: एकल स्वास्थ्य अबधारणाको सचेतनाबाट माहामारीजन्य रोगहरू बचावट हुन गई जनस्वास्थ्य पशुस्वास्थ्य र बोटबरुवा बाट बातावरण स्वस्थ्य जाने र रोगबाट बचाउन सकिन्छ ।

जुनोटिक रोगको न्युनिकरण:
जुनोटिक रोगको न्युनिकरण गर्न निम्न उपायहरू अवलम्बन गर्नु सान्दर्भिक हुन सक्छ:

खोर, गोठ खेतबारीमा काम गरिसकेर्पछि सधै साबुन पानीले राम्ररी हात धुनुपर्छ । जनावरको खोर वा गोठ र खेतबारीमा काम गर्दा एप्रोन, पन्जा, बुट, मास्क आदि लगाउनु राम्रो हुन्छ ।

खोर गोठ र फार्ममा आगन्तुक मानिसलाई सकभर प्रवेश गराउन हुदैँन यदि गराउनै परेमा प्रवेश गराउँदा जैविक सुरक्षाका उच्चतम उपायहरू अवलम्बन गर्नुपर्छ । घरपालुवा जनावरहरू जस्तै कुकुर, बिरालोलाई समयमै सक्रामक तथा अन्य रोगहरू विरुद्धको खोप लगाउनु पर्छ र नियमित रूपमा आवश्यक औषधीहरू खुवाउनुपर्छ ।

कुकुर, बिरालोलाई जहाँ पायो त्यहीं दिसा, पिसाव गराउनु हुँदैन । आफूले पालेका पशुपन्छीहरूलाई स्याहार सुसार गरिसकेपछि साबुन पानीले राम्रोसंग हात धुनुपर्छ । दुध मासु तथा अण्डा राम्रोसँग पकाएर खानुपर्छ । काँचो मासु वा राम्ररी नपाकेको मासु, अण्डा खानु हुँदैन । पानी र खानाका भाँडा सधै छोपेर राख्नुपर्छ ।

खोर, गोठ तथा घर वरपर सधै सफा गर्नुपर्छ घर वरपर लामखुट्टे कम गर्न झांडी बुट्यान सफा गर्नुपर्छ । हिंसात्मक जनावरसँग टाढै रहनुपर्छ । कुनै जनावरले टोकेमा वा चिथोरेमा साबुन पानीले तुरुन्तै सफा गरेर नजिकैको अस्पताल वा स्वास्थ्य चौकीमा सम्पर्क गर्नुपर्छ । आफूले पालेका पशु वस्तुहरूलाई समय अनुसार सम्पूर्ण खोपहरू लगाउनुपर्छ । रोगका केही लक्षण देखिएमा तुरुन्त अस्पताल जानुपर्छ ।

थप जानकारीका लागि स्थानिय स्तर जिल्लास्तर प्रदेशस्तर तथा केन्द्रियस्तरका सम्वन्ध संस्थाहरूमा सम्पर्क राख्न सकिन्छ ।

(डा. पौडेल भुमि व्यवस्था तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका पुर्व महाशाखा प्रमुख हुन) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?