© 2026
बुटवल। प्रधानमन्त्री सुशीला कार्कीले लुम्बिनी प्रदेशको निर्वाचन तयारीबारे जानकारी लिएकी छिन्।
शुक्रबार साँझ पोखराबाट हेलिकोप्टरमार्फत बुटवल आएकी कार्कीले शनिबार बुटवलमा निर्वाचन आयोगका पदाधिकारी, नेपाल प्रहरी, नेपाली सेना लगायतका प्रतिनिधिमण्डलको टोलीसँग उनले ब्रिफिङ लिएकी हुन्। उनले शान्ति सुरक्षा र निर्वाचनको तयारीलगायतका विषयमा सुरक्षा अधिकारी र निर्वाचन आयोगका अधिकारीहरुसँग छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए।
सो क्रममा सुरक्षा अवस्थाबारे प्रहरी र सेनाका अधिकारीहरूले जानकारी गराएका थिए। पछिल्ला दिनमा प्रधानमन्त्री कार्की विभिन्न प्रदेशहरूमा पुगेर निर्वाचनको तयारीबारे जानकारी लिइरहेकी छिन्।