Butwal Today

प्रधानमन्त्री कार्की पोखरा विश्वविद्यालयमा

८ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

गण्डकी ।

प्रधानमन्त्री सुशीला कार्की पोखरा विश्वविद्यालय आइपुगेकी छन् ।

पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहमा सहभागी बन्न आएको विश्वविद्यालयका कुलपतिसमेत रहेकी प्रधानमन्त्रीले दीक्षान्त समारोह अघि विश्वविद्यालयको २१औँ विशेष सभाको अध्यक्षता गर्ने छिन् । सभाले दीक्षान्त समारोहमा उपाधि पाउन योग्य विद्यार्थीको ग्रेस लिष्ट पारित गर्नेछ ।

दीक्षान्त समारोहमा सहभागी बनी आजै प्रधानमन्त्रीले निर्वाचनका सम्बन्धमा प्रदेशस्तरीय सुरक्षा लगायतका विषयमा छलफल गर्नुहुने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए ।

दीक्षान्त समारोहमा प्रधानमन्त्रीले विद्यार्थीलाई दीक्षित गराउनुका साथै उत्कृष्ट विद्यार्थीलाई विभिन्न पदकबाट पुरस्कृत गर्ने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?