Butwal Today

फागुन ७ को सन्देशलाई माथि उठाउने प्रण गरौँ 

७ फाल्गुन २०८२, बिहीबार
अ+
अ-

प्रत्येक वर्षको फागुन ७ गतेले हामीलाई निरङ्कुश शासन व्यवस्थाको बिरुद्ध सफल जनक्रान्तिको बार्षिकोत्सवको सम्झना गराउँछ ।

बिक्रम संवत २००७ साल फागुन ७ गते हाम्रो मातृभूमिका जनताले निरङ्कुश जहानियाँ राणा शासनको हुकुमी तन्त्रबाट प्रजातन्त्रको प्रवेशद्वारमा छिरेर विश्वलाई नियाल्ने मौका पाएका थिए ।

मध्ययुगीन सामन्ती अधिनायकबादको हुकुमी शासनबाट मुख थुनिएका र आँखामा पट्टी बाँधेर राखिएका जनतालाई निर्भिकतापूर्वक बोल्न र संसारलाई आफ्नै स्वतन्त्र आँखाले हेर्ने पहिलो अवसर जुराइदिएको ७ फागुनले नेपालको इतिहासमा एक बिशिष्ठ स्थान राख्दछ ।

नेपालमा आजसम्म्म जतिपनि जनपक्षीय कार्यहरू भए त्यसको प्रारम्भ बि.स २००७ सालको ७ फागुनबाट भएको हो । त्यसैले फागुन ७ गते हाम्रो इतिहासमा अति महत्वपूर्ण दिन हो । ७ फागुनको महत्वलाई हामीले बुझ्न सकेनौ, यसलाई आत्मसाथ गरेर अगाडी बढ्न सकेनौ भने यही गल्तीले गर्दा हामीले आजसम्म दुःख पाएका छौं ।

देशले अत्यन्तै दुःखद अप्रजातान्त्रिक अवस्थाको सामना गर्नु परिरहेको छ । आज देशको सबै क्षेत्र भताभुड्ड छ । अलोकतान्त्रिक प्रपन्चको र बिदेशी षड्यन्त्रको जालोमा देशको जहाज डुब्दै गर्दा हामी सबै समाप्तीको संघारमा छौं । जहाजका कप्तानहरूको बेहोसी एवं बेइमानीले उनीहरू स्वयं पनि डुब्दैछन र हामीलाई पनि डुवाउँदै छन् ।

त्यसैले हाम्रो जनजीवन अत्यन्तै संकटग्रस्त अवस्थामा छ । भाद्र २३/२४ गतेको घटनाले के सावित गरिदिएको छ भने हामी स्वतन्त्र रहेनछौ । हाम्रो स्वतन्त्रता, सार्वभौमिकता पूरापूर गुमिसकेको रहेछ । २३ गतेको नरसंहार जहाँ एकैदिन ३–४ घण्टाको अन्तरालमा ६ दर्जन भन्दा बढी किशोर किशोरी र बालबालिकाहरू सोत्तर पारिए र राजधानीको संसद भवन अगाडी रगतको खोलो बगाइयो ।

त्यही रगतको आहालमा पौडी खेल्दै त्इद्य छापका काला ज्याकेट भिरेका मुस्तण्डहरू “हाम्रो भूमि फिर्ता दे” नारा लगाउदै घुमिरहेको स्मरणिय छ । नेपालले कसको भूमि खाएको छ र फिर्ता दिने ? भोलीपल्ट २४ गते तिनै मुस्तण्डहरूको साथमा बुलेट मोटरसाइकल पड्काउदै अपरिचत अनुहारका आतयायीहरू सित मिलेर नेपाली अनुहारका खेतालाहरूले एउटै समयमा अधिराज्यभरी के के गरे त्यो सबैको अगाडी छर्लङ्ग छ ।

७ फागुनको महत्वलाई आत्मसात नगर्नु नै यसको मूल कारण हो । किन हामीले ७ फागुनको महत्व बुझेनौ ? ७ फागुनको ऐतिहासिक आह्वान थियो –जनता अघि बढ, सामन्ती हुकुमीतन्त्रको अधिनायकबाट उन्मुक्त बनेका छौ ।

अब प्रजातान्त्रिक आदर्शको बाटोबाट अगाडी बढ । प्रजातान्त्रिक आदर्शलाई आत्मसाथ गरी सुशासन, विकास र समृद्धीलाई एकमात्र लक्ष्य बनाएर अग्रगामी दिशामा पाइला बढाउ । जनताको अविभाजित सहभागीतालाई ध्येय बनाएर र राष्ट्रिय समुन्नतीलाई लक्ष्य बनाउ ! राष्ट्रको स्वतन्त्र अस्तित्व जोगाउन राष्ट्रियता, प्रजातन्त्र, समाजबाद, शान्ति तथा आम जनताकाबीच सदघाव तथा मैत्रीपूर्ण सुसम्बन्ध दरिलो बनाउ । तर यो पवित्र सन्देशलाई हामीले लत्यायौ । महत्व दिएनौ ।

जसको परिणाम आज यो देशले एक माथि अर्को संकट बेहोर्न परिरहेको छ । देश तथा जनताका कुनैपनि समस्या समाधान हुन सकिरहेको छैन । हिजो अर्थात ७ सालको क्रान्ति पश्चात बनेको सरकारले नेपाली किसानहरूको अधिकारको निम्ति संघर्षको निरन्तरता गरिरहेको किसान नेता भिमदत्त पन्तलाई भारतिय फौज डाकेर हत्या गर्न लगायो ।

राष्ट्रघाती दिल्ली सम्झौताको बिरोधको नेतृत्व गरिरहेको बिधार्थी नेता चिनिया काजीलाई राजधानी काठमाण्डौमा छातिमा गोली ठोकेर सहिद बनाइयो । त्यसयता आजसम्म देशको स्वतन्त्रता, सार्वभौमसत्ता, क्षेत्रीय अक्षुण्णताको रक्षा, सीमा अतिक्रमणको बिरोध, नेपाल भारत असमान सन्धिको बिरोध, भारतसित भएका सबै राष्ट्रघाती सन्धि सम्झौताको बिरोध जस्ता यावत बिषयहरूमा आजसम्म कति नेपाली मारिए, कति त्यसको हिसाब किताब गरी साध्य छैन ।

अहिले हामीले जुन राजनीतिक व्यवस्था भोगीरहेका छौ, त्यो पूर्णत अराजनीतिक तथा अलोकतान्त्रिक व्यवस्था सावित भैसकेको छ । इण्डो पश्चिमाको डिजाइनिङमा दिल्लीको १२ बँुदेले थोपरेको यो व्यवस्थाबाट देश तथा जनताको कुनैपनि समस्या हल हुन सक्नेवाला छैन । यो व्यवस्थाबाट देश तथा जनताको कुनैपनि समस्या हल हुनसक्नेवाला छैन ।

यो व्यवस्थाका बिभिन्न प्रधानमन्त्रीहरूकै मुखबाट बेलाबेला के सुनिदै आएको छ भने नेपालको सरकार चलाउने साँचो हाम्रो हातमा रहनेछ । देशमा गम्भिर राष्ट्रिय संकट खडा भएको छ ।

यस व्यवस्थाका स्वयं प्रधानमन्त्रीजस्ताहरूले समेत यस व्यवस्थाले राष्ट्रिय संकट निम्त्याएको स्वीकार गर्न थालेका छन भने र संविधानमा व्यापक सुधार तथा हेरफेर गर्नुपर्ने आवश्यकता महसुुस गरेका छन । यो व्यवस्था अब केही दिन रहिरहयो भने यस राष्ट्रिय खतराले बिनासकारी अवस्था निम्त्याउने छ भन्नेमा कोही पनि अलमल नपरे हुन्छ ।

सम्पूर्ण बामपन्थी, प्रगतीशिल तथा प्रजातन्त्रबादी जनताको ऐक्यबद्धताबाट २००७ सालको क्रान्ति सम्पन्न भयो र प्रजातन्त्रको ढोका खुल्यो तर त्यही ढोकाबाट तत्कालै राष्ट्रघात, जनदमन, अवसरबाद, स्वार्थ, जस्ता बिषौला सर्पाहार आफुना फणा फैलाउदै छिरेपछि जनताका आकाँक्षा र सहिदहरूका सपनामाथि तुषारापात भयो ।

निर्दलीयताको नाममा जनतामाथि पुनः अर्को निरङकुशताको बिरुद्धमा पनि हाम्रो देशका सम्पूर्ण प्रगतिशील तथा प्रजातन्त्रकारी जनताहरूले लामो समयसम्म अनवरत संघर्ष गरेर निर्दलीय व्यवस्थालाई फ्याँकेर पुनः बहुदलीय प्रजातान्त्रिक व्यवस्था बहाल गराए । दोस्रोपटक पनि उस्तै अवसरवादी तत्वहरूको राजनीतिमा हालीमुहाली चलेपछि नेपाली जनता माथिको दमन, शोषण, उत्पीडन झनै उग्र बनेर प्रकट हुनथाल्यो ।

जननेता मदन भण्डारीको षड्यन्त्रपूर्वक हत्या गराई असमान महाकाली सन्धीलाई संसदबाटै पास गराएर राष्ट्रघातलाई पराकाष्टामा पु¥याइयो । बहुदलीय प्रजातन्त्रको नाममा लुटखसौट र राजनीतिक दमनको जुन दौर यस अवधीभित्र यहाँ चल्यो त्यो सबैको सामु छर्लङ्ग छ ।

पजेरो प्राडो संस्कारले र बिभिन्न किसिमको अतिरिक्त भत्ताहरूले तथा एकपछि अर्को सरकारी सुविधा वृद्धिले सांसदहरूलाई यतिसम्म मताउन हाल्यो की उनीहरू कुकर्महरूको बिरोध गर्दा “खाएँ, ढोकेँ, गरे जा के गर्छस गर, तैले सकेको गर हाम्रो केही नाप्न सक्दैनस्” भन्नेरूपमा प्रकट हुन थाले ।

बिसंगतीका बिरुद्ध शान्तिपूर्ण तरिकाबाट संघर्ष गर्ने प्रगतिशील तथा प्रजातान्त्रिक शक्तिहरूलाई प्रतिगमनकारीको संज्ञा दिएर निर्ममतापूर्वक दमन गरियो, गराइयो जसबाट वाक्कदिक्क भई काग्रेस अब कहिले नसच्चिने निष्कर्षमा पुगी ने. का .का सस्थापक नेता तथा ०४६ को जनआन्दोलनका कमाण्डर गणेशमानले काँग्रेसको साधारण सदस्यता समेत त्याग गरी राजनीतिबाटै सन्यास लिनुभयो ।

यही परिवेशको अन्तरबिरोधमा खेलेर इण्डो पश्चिमाको डिजाइनमा नेपालका कथित माओवादीहरूलाई भारतको डिजाईनमा सशस्त्र तालिम दिलाई नेपालमा के गरे के गराए, त्यो भनिरहनु पर्दैन । यी सबैको परिणतिको एकमात्र कारण हो– हामीले सुरुदेखि नै ७ फागुनको महत्वलाई महत्व नदिनु । हामी सबैेले ७ फागुनको महत्वलाई राम्रोसंग बुझौ ।

यस दिवसले दिएको सन्देशलाई माथि उठाउन मनोभावले प्रण गरौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?