Butwal Today

जन्मकैद तोकिएका प्रतिवादी १३ वर्षपछि पक्राउ

७ फाल्गुन २०८२, बिहीबार
अ+
अ-

चन्द्रौटा ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय तोकिएका फरार प्रतिवादीलाई १३ वर्षपछि गत ५ गते पक्राउ गरेको हो ।

प्रहरीका अनुसार जिल्लाको बुद्धभूमि नगरपालिका–५, मोहम्मदनगर बस्ने क्यामुद्दिन मुसलमान ९इरफान० लाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष ९जन्मकैद० सजाय सुनाइएको थियो । कपिलवस्तु जिल्ला अदालतले २०६९ चैत १६ गते मुसलमानलाई सजाय तोकेको थियो ।

अदालतको फैसला पश्चात फरार रहेका उनलाई विशेष सूचनाका आधारमा खोजतलास गर्ने क्रममा प्रहरीले यहि फागुन ५ गते मायादेवी गाउँपालिका वडा नम्बर–१, बसहियाबाट लुकीछिपी रहेको अवस्थामा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जनाए । उनका अनुसार मुसलमानविरुद्ध २०६९ फागुन ११ गते मुद्दा दायर भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?