© 2026
बुटवल ।
बुटवलको शिशु ज्ञान कुञ्ज मन्टेश्वरी विद्यालयले आफ्नो १४ औँ अभिभावक दिवस तथा वार्षिकोत्सव सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्दा रावल शिशु ज्ञान कुञ्ज मन्टेश्वरी विद्यालयको १४ औँ अभिभावक दिवस तथा वार्षिकोत्सव रावलले उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै विद्यालय परिवारप्रति देखाइएको विश्वास र भरोसाका लागि सम्पूर्ण अभिभावकहरूलाई धन्यवाद व्यक्त गरिन ।
कार्यक्रममा बोल्दै तारादल गण बुटवलका प्रमुख सेनानी कल्याण पाण्डेले विद्यार्थीलाई देशका कर्णधारका रूपमा तयार पार्न विद्यालयले खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।
विद्यालयकी प्रधानाध्यापक रिता शर्माले प्रगति विवरण प्रस्तुत गर्दै विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास तथा प्रविधिमैत्री शिक्षण प्रणालीको विस्तारमा उल्लेखनीय उपलब्धि हासिल गरेको जानकारी दिइन ।
शर्माले मन्टेश्वरी बुटवल उपमहानगरपालिकाकै पहिलो र अभिभावककै माया र साथले धेरै अगाडि बढेको अझै साथ सहयोगको अपेक्षा रहेको बताइन ।
कार्यक्रममा सैनिक आवासीयमा विद्यालयका प्रशासन प्रमुख विष्णु केसीले शिक्षक, विद्यार्थी र अभिभावकबिचको सम्बन्ध सुमधुर भए मात्र अपेक्षित शैक्षिक गुणस्तर हासिल गर्न सकिने उल्लेख गरे ।
विद्यालयका शेयर सदस्य डा. नारायण पन्त, विद्यालयका अभिभावक सुधा खनाल,आवासीय महाविद्यालयका सेनानी नरेश अर्याल, विद्यालयका सञ्चालक विमल बहादुर शाक्य, विद्यालयकी शिक्षिका तुल्सी थापा लगायतले बोलेका थिए ।