© 2026
काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता एवं पूर्वमन्त्री रामवीर मानन्धरसहित चार नेता कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसले आज राष्ट्रियसभा गृहमा आयोजना गरेको प्रतिज्ञापत्र प्रश्नउत्तर कार्यक्रममा पूर्वमन्त्री मानन्धरसहित नेकपा एमाले रसुवाका पूर्वअध्यक्ष एवं संविधानसभा सदस्य जनार्दन ढकाल, नेपाली कम्युनिष्ट पार्टीका नेता दिपक केसी र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता प्रणयशम्शेर राणा कांग्रेसमा प्रवेश गरेका छन । उनीहरुलाई कांग्रेस सभापति गगनकुमार थापाले सदस्यता प्रदान गरेका थिए ।
कांग्रेस प्रवेश गरेका मान्धर काठमाडौँ क्षेत्र नं ७ का पूर्वसांसद एवं काठमाडौँ महानगरपालिका–१६ का पूर्ववडाध्यक्ष हुन । पार्टी प्रवेश कार्यक्रममा सभापति थापाले लोकतान्त्रिक मूल्य, सुशासन र उत्तरदायी शासन प्रणाली निर्माणमा कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गर्दै अनुभवी नेताहरूको सहभागिताले पार्टी थप बलियो हुने विश्वास व्यक्त गरे । रासस