Butwal Today

भरुवा बन्दुकसहित २ जना पक्राउ

६ फाल्गुन २०८२, बुधबार
अ+
अ-

दमौली (तनहुँ) ।

तनहुँको देवघाट गाउँपालिका-४ बाट दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवघाट—४ सार्वाङका ४० वर्षीय पूर्णबहादुर गुरुङ र २४ वर्षीय अर्जुन गुरुङ रहेका जिल्ला प्रहरी कार्यालयले जनएको छ ।

इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई रिस्ती खोलाबाट पक्राउ गरी सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । ग्रामीण इलाकामा गस्ती गर्ने क्रममा निजहरूलाई बन्दुकसहित पक्राउ गरिएको उनले बताए ।

निजहरूका साथबाट बारुद जस्तो देखिने कालो पदार्थ र फलामका टुक्रासमेत बरामद गरिएको छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध मङ्गलबार जिल्ला अदालतबाट हातहतियार तथा खरखजानासम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?