Butwal Today

सुधारको ग्यारेन्टी लिएर उभिएका छौँ: गगन थापा

६ फाल्गुन २०८२, बुधबार
अ+
अ-

काठमाडौं-नेपाली कांग्रेसका सभापति गगन थापाले सुधारको ग्यारेन्टी लिएर उभिएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले अबको पाँच वर्ष खेर नफाल्ने गरी संकल्प र योजनासहित आफूहरू आएको बताएका हुन् ।

‘नेपाललाई अहिले सुधार चाहिएको हो । सुधारको ग्यारेन्टी लिएर हामीहरू उभिएका छौँ । संकल्प लिएर, योजना लिएर, कुन दिन के गर्ने ? नेपालको यो पाँच वर्ष खेर फाल्न हुन्न, गएको १०/१२ वर्ष जसरी विकास हुनुपथ्यो, त्यो हुन सकेन,’ सभापति थापाले भने, ‘हामीले मान्यौँ, मान्नुपर्छ यसलाई, त्यसको पार्ट हामी पनि हो तर यो पाँच वर्ष हामी खेर फाल्दैनौँ । यो पाँच वर्ष खेर नफाल्ने भन्दै गर्दा हामी सम्हालिनुपर्छ ।’

सभापति थापाले देश परिवर्तनका लागि आवेग, रिस वा उत्तेजना मात्र पर्याप्त नहुने बताए । देशमा रहेका सबै राजनीतिक दललाई समेटेर अघि बढ्ने राजनीति आजको आवश्यकता रहेको र त्यो भूमिका नेपाली कांग्रेसले निर्वाह गर्ने दाबी उनले गरे ।

‘देश उत्तेजनाले मात्रै बदलिन्न । देश रिसले बदलिन्न, देश आवेगले बदलिन्न । म असल, बाँकी रहेका सबै खराब भनेर देश बन्दैन । बन्नै सक्दैन । हाम्रा विमति छन्, राजनीतिक दलहरूसँग, हामी फरक–फरक राजनीतिक दल हौँ, हामी प्रतिस्पर्धा गर्छौं,’ थापाले भने, ‘तर हामी सबैको आफ्नो स्पेश छ । यो देश बनाउन एमाले पनि चाहिन्छ, माओवादी, रास्वपा, जसपा पनि चाहिन्छ, सबै चाहिन्छ । सबैलाई मिलाएर लिएर जानुपर्छ । त्यो मिलाएर लैजाने राजनीति आजको दिनमा नेपाली कांग्रेसले गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?