© 2026
धनुषा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी विशेष महाधिवेशनबाट एमआरआई गरेर चुनावमा होमिएको बताएका छन् ।
जनकपुरमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले शर्माले विगतमा भएका कमजोरीको केलाएर कांग्रेस चुनावमा होमिएको बताएका हुन् । ‘भएको काम बुझाउन नसक्दा र कमजोरी गर्दा हामीले एउटा ठूलो क्षति बेहोरेका छौं । मधेस, पहाडलाई कहाँ दुखेको छ । नागरिकलाई कहाँ दुखेको छ भन्ने विषयमा हामीले विशेष महाधिवशेनबाट एमआरआइ गरेर आएका छौं’ उनले भने, ‘हामी सुधारिएर अनुमोदन हुन आएका छौं ।’
फागुन २१ मात्रै नसोचेको भन्दै ९२ सालको लागि पनि दृष्टिकोण बनाएको उनले बताए । अहिले जेन–जीले गरेको जस्तै विद्रोह १० वर्षपछि अर्को पुस्ताले गर्ने उनको भनाइ छ ।
निर्वाचन मात्रै गरेर नबदलिने भन्दै उनले आफैंलाई बदल्न तयार हुनुपर्ने उनको भनाइ छ । जो बदलिन सक्छ उसैले देश बदल्न सक्ने संकल्प लिएर आएको उनको भनाइ छ । पुरानो भए पनि आफूहरू बदलिएर आएको उनको प्रष्टोक्ति थियो ।