Butwal Today

प्रश्नबाट भाग्ने बालेनलाई काउन्टर दिँदै गगनले ल्याए–आस्क गगन

६ फाल्गुन २०८२, बुधबार
अ+
अ-

काठमाडौँ– कांग्रेस सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)लाई काउन्टर दिँदै अनलाइनमै प्रश्न सोध्न सकिने सुविधा सार्वजनिक गरेका छन्।

बालेन लामो समयदेखि प्रश्नबाट भागिरहेका छन्। उनी केही समयअघि पनि प्रधानमन्त्रीको उम्मेदवारहरूबीच डिबेटका लागि तयारीमासमेत सहभागिता नजनाउने अडान लिएपछि डिबेट नै स्थगित भएको थियो।

यस सन्दर्भमा कांंग्रेसबाट प्रधानमन्त्रीका उम्मेदवारका रुपमा सर्लाही ४ बाट उम्मेदवार रहेका थापाले भने अनलाइनमै प्रश्न सोध्न सकिने माध्यम ‘आस्क गगन’ (https://askgagan.com) सार्वजनिक गरेका छन्।

बुधबार जनकपुरमा पार्टीको प्रतिज्ञा सार्वजनिकपछि उनले आस्क गगनमा प्रश्न सोध्न सकिने र उक्त प्रश्नको जवाफ बिहीबार काठमाडौँमा राष्ट्रिय सभा गृहमा हुने कार्यक्रममा दिने बताएका छन्।

अनलाइनमाध्यम सार्वजनिक गर्दै राजनीतिक दलहरू जवाफ देही हुनुपर्ने बताएका छन्। ‘राजनीतिक दलहरू जबाफदेही हुनुपर्छ। प्रश्नबाट भाग्ने होइन, प्रश्नको सामना गर्न सक्नु पर्छ’, बालेन लक्षित टिप्पणी गर्दै अगाडि भनेका छन् ‘तपाईँका प्रश्नको प्रत्यक्ष उत्तर दिन हामी भोलि राष्ट्रिय सभा गृहमा हुने छौँ। प्रश्नहरूका साथ भोलिको कार्यक्रममा उपस्थित भइदिनु हुन् सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु।’

आस्क गगनमा प्रश्न सोध्न सकिने र त्यसबाहेक गगन थापाकै इमेल [email protected]मा पनि प्रश्न सोध्न सकिने सुविधा उनले सार्वजनिक गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?