© 2026
धनगढी ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले फागुन २१ मा हुने निर्वाचनलाई स्वर्णिम इतिहास बनाउने अवसर भएको बताएका छन्।
सुदूरपश्चिमको राजधानी धनगढीमा आयोजित परिवर्तन उद्घोष सभामा उनीहरूले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए।
सभामा बालेन शाहले पुराना दलले विकासमा ढिलाइ गरेको आरोप लगाउँदै रास्वपा सरकारमा पुगे सबैका लागि समान विकास गर्ने बताए। त्यस्तै लामिछानेले कुशासन र बेरोजगारी अन्त्य गर्दै जनताको पक्षमा स्थायी सरकार आवश्यक रहेको बताए।
उनीहरूले यस पटकको निर्वाचनले देशको दिशा परिवर्तन गर्ने दाबी गरेका छन्।