Butwal Today

३ किलो चाँदीसहित एक जना पक्राउ

५ फाल्गुन २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

चन्द्रागिरि नगरपालिका– २ नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’बाट रु १२ लाखको चाँदीसहित एक जना पक्राउ परेका छन् ।

वीरगन्जबाट काठमाडौँ आइरहेको यात्रीवाहक बसमा शङ्का लागेर पर्साको फेटा गाउँपालिका–६ का आँसु साबको झोला जाँच गर्दा  गैर कानुनी रूपमा ल्याइएको करिब तीन किलो चाँदीका दाना फेला परेका नागढुङ्गास्थित प्रहरी प्रभागले जनाएको छ ।

चाँदीसहित अभियुक्तलाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयसमक्ष पेस गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले राससलाई बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?