Butwal Today

दुर्गा प्रसाईंविरुद्ध प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गर्ने

५ फाल्गुन २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्ति भंग गरेको आरोपमा प्रहरीले अनुसन्धान गर्ने भएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईंलाई सोमबार साँझ भक्तपुरबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार प्रसाईंलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान अघि बढाइनेछ । प्रसाईंले सरकारसँग भएको सम्झौता कार्यान्वयन नभए अनिश्चितकालीन बन्द गराउने र निर्वाचन हुन नदिने अभिव्यक्ति दिँदै आएका छन् ।

यसका साथै, उनी विरुद्ध झुटा अफवाह फैलाउन नहुने कसुरमा पनि अनुसन्धान गरिने एसपी भट्टराईले बताए ।

यसअघि माघ २३ गते पनि प्रसाईं पक्राउ परेका थिए । त्यसबेला हाजिर जमानीमा रिहा भएका उनलाई निर्वाचनसम्बन्धी अभिव्यक्तिका आधारमा प्रहरीको साइबर ब्युरोले बयान लिएर छाडेको थियो । माघ ५ गते पोखराबाट पक्राउ परेका प्रसाईं त्यसअघि पनि रिहा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?