Butwal Today

कपिलवस्तुमा बम राख्ने नेकपा बहुमत कार्यकर्ता पक्राउ

५ फाल्गुन २०८२, मंगलवार
अ+
अ-

कपिलवस्तु-कपिलवस्तुका तीन ठाउँमा बम राख्ने नेकपा बहुमतका एक जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

कपिलवस्तुको बाणगंगा नगरपालिका-२ तिनैया बस्ने नेकपा बहुमतका कार्यकर्ता ५८ वर्षीय शोभे थारु पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मंगलबार बिहान कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ गोरुसिङे जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा, महाराजगञ्ज नगरपालिका-२ बाणगंगा नदीको बर्गदी पुलमा र शिवराज नगरपालिका-१ स्थित शिवपुर रेञ्जर पोस्ट नजिकै बम जस्तो वस्तु फेला परेको थियो ।

जसमा पक्राउ परेका थारु संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ । उनीमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ बमोजिम विष्फोटक पदार्थ सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

मंगलबारै कपिलवस्तु जिल्ला अदालतबाट सातको म्याद लिएर प्रहरीले थप अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?