Butwal Today

बङ्गलादेशका भावी प्रधानमन्त्री तारिक रहमान र सांसदहरूद्वारा संसद्को शपथ ग्रहण

५ फाल्गुन २०८२, मंगलवार
अ+
अ-

बङ्गलादेश  । 

बङ्गलादेशका भावी प्रधानमन्त्री तारिक रहमान र सांसदहरूले मङ्गलबार संसद्को शपथ लिएका छन् । उनीहरू सन् २०२४ को घातक  विद्रोह पछि पहिलो पटक निर्वाचित प्रतिनिधि हुन ।

शेख हसिनाको निरङ्कुश सरकार अपदस्थ भए देखि १८ महिना सम्म देश चलाएको अन्तरिम सरकारबाट रहमानले पदभार ग्रहण गर्ने तयारी गरेको जनाइएको छ ।

बङ्गलादेशका नव निर्वाचित सांसदहरूलाई मुख्य निर्वाचन आयुक्त ए। एम। एम नासिर उद्दीनले शपथ खुवाएको जनाइएको छ ।

बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का सांसदहरूले रहमानलाई औपचारिक रूपमा आफ्नो दलको नेताको रूपमा निर्वाचित गर्ने अपेक्षा गरिएको छ । यसै बिच राष्ट्रपति मोहम्मद साहाबुद्दिनले मङ्गलबार दिउँसो प्रधानमन्त्री र मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउने अपेक्षा गरिएको छ ।

देशको सबैभन्दा शक्तिशाली राजनीतिज्ञ तथा बिएनपीका प्रमुख ६० वर्षीय रहमानको समुहले फेब्रुअरी – १२ को चुनावमा जित हासिल गरेको थियो ।

रहमानले लामो समयको उथल पुथल पछि स्थिरता पुनर्स्थापना गर्ने र विकासलाई पुनर्जीवित गर्ने प्रतिबद्धता गर्दै वर्षौँको कडा प्रतिद्वन्द्विताले ध्रुवीकृत भएको देशमा सबै दलहरूलाई “एकजुट रहन“ पनि आह्वान गरेका छन् ।

– ’शान्तिपूर्ण विपक्ष’ 

रहमानको जितले ढाकाको राजनीतिक आँधीबेहरीबाट टाढा रहेर बेलायतमा १७ वर्षको निर्वासन पछि डिसेम्बरमा बङ्गलादेश फर्केका मानिसका लागि उल्लेखनीय परिवर्तनको सङ्केत गरेको जनाइएको छ ।

बिएनपी गठबन्धनले एक चौथाइ भन्दा बढी २१२ सिट जितेको छ भने जमात–ए–इस्लामी नेतृत्वको गठबन्धनले ७७ सिट जितेको छ ।

जमातका नेता शफिकुर रहमानले पनि इस्लामवादी पार्टीले “सतर्क, सैद्धान्तिक र शान्तिपूर्ण विपक्षको रूपमा काम गर्ने“ बताउनु भएको छ । अपदस्त नेता हसिनाको अवामी लिग पार्टीलाई  भने चुनावमा भाग लिन प्रतिबन्ध लगाइएको थियो ।

मानवता विरुद्धको अपराधका लागि मृत्युदण्डको सजाय सुनाइएकी  हसिनाले भारतमा लुकेर चुनावको निन्दा गरेकी थिइन् । यद्दपी भारतले बीएनपीको “निर्णायक जीत“ लाई –गहिरो तनावपूर्ण सम्बन्ध बिच उल्लेखनीय परिवर्तनको आधा भन्दै प्रशंसा गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?