अर्घाखाँची । अर्घाखाँचीकाे मालारानी गाउँपालिकामा पासाेमा परी घाइते भएको चितुवा मरेको छ ।
मालारानी गाउँपालिका ३ टुनीपाेखरीमा स्थानीयले बन्यजन्तुलाई थापेको पासाेमा परी घाइते भएको चितुवालाई उद्धार गरि उपचारको लागि जिल्ला वन कार्यालय अर्घाखाँचीमा लगिएको थियो ।
उपचारकाे क्रममा ३२ केजीको पाेथी माउ चितुवा साेमबार मरेको डिभिजन वन कार्यालय अर्घाखाँचीका सुचना अधिकारी केशव खड्काले बताएका छन् ।