Butwal Today

इजरायली कब्जाद्वारा वेस्ट ब्याङ्कबाट २० जना प्यालेस्टिनी पक्राउ

४ फाल्गुन २०८२, सोमबार
अ+
अ-

इजरायल । 

इजरायली कब्जा बल (आइओएफ) ले सोमबार वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रहरूबाट दुई महिलासहित बिस जना प्यालेस्टिनी नागरिकहरूलाई पक्राउ गरेको छ ।

वफा समाचार एजेन्सीका अनुसार आइओएफले तुलकार्म गवर्नरेटमा आठ प्यालेस्टिनी, अल–खलिल गवर्नरेटमा अन्य सात जनालाई पक्राउ गरेको छ ।

आइओएफले जेरुसेलमको उत्तरमा एक जना प्यालेस्टिनी युवकलाई एक जना प्यालेस्टिनीलाई कल्किल्या सहरमा र अर्को एक जनालाई  अल–अघवार अल–शामालियामा पक्राउ गरेको जनाइएको छ ।

वेस्ट ब्याङ्क र अल–कुद्सका सहरहरू, र शरणार्थी शिविरहरूमा आईओएफले दैनिक छापा र आक्रमण गर्नुका साथै  द्वन्द्व, गिरफ्तारी लगायतका मानव अधिकार विरोधी क्रियाकलाप भइरहेको जनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?