Butwal Today

फरार ७ कैदी पक्राउ

४ फाल्गुन २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

जेनजी आन्दोलनको समयमा काठमाडौँका विभिन्न कारागारबाट फरार भएका सात कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा फरार भएका उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा रसुवाको उत्तर गयाका ४१ वर्षीय तेन्जिङबहादुर तामाङ, लमजुङको दूध पोखरीका २० वर्षीय प्रितम गुरुङ, कञ्चनपुरको पुनर्वासका २३ वर्षीया बविता तामाङ, काभ्रेपलाञ्चोकको ठाँटी पोखरीका २२ वर्षीय विक्रम नेपाली, दोलखाको मेलुङका भुवन तामाङ, सिन्धुलीको फिक्कलका भुवन तामाङ र भारतीय नागरिक रोशन साह रहेका परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

विभिन्न मुद्दामा कैद जीवन बिताइरहेका सातै जनालाई सम्बन्धित कारागारमा पठाइएको परिसरले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?