Butwal Today

पासोमा परी घाइते भएको चितुवाको मृत्यु , कर्मचारी घाइते

४ फाल्गुन २०८२, सोमबार
अ+
अ-

अर्घाखाँची।

अर्घाखाँचीको मालारानी गाउँपालिकामा पासोमा परी घाइते भएको चितुवा मरेको छ । मालारानी गाउँपालिका ३ टुनीपोखरीमा स्थानीयले बन्यजन्तुलाई थापेको पासोमा परी घाइते भएको चितुवालाई उद्धार गरि उपत्यकाको लागि जिल्ला बन कार्यालय अर्घाखाँचीमा लगिएको थियो । उपचारको क्रममा ३२ केजीको पोथी माउ चितुवा आज सोमबार दिउँसो २ बजे मरेको डिभिजन वन कार्यालय अर्घाखाँचीका सुचना अधिकारी केशव खड्काले बताएका छन् ।

चितुवाको उद्धार गर्ने क्रममा वन कार्यालयका कर्मचारी नमलाल श्रेष्ठ घाइते भएका छन् । उनको हाल उपचार भैरहेको छ । हिजो रातिदेखि पासोमा परेर चितुवा घाइते भएको र स्थानीयले खबर गरेपछि वन कार्यालयको टोली उद्धारका लागि गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?