Butwal Today

जुम्लामा पुग्यो मतपत्र

४ फाल्गुन २०८२, सोमबार
अ+
अ-

जुम्ला ।
हिमाली जिल्ला जुम्लामा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र पुगीसकेको  छ । मुख्यनिर्वाचन अधिकृतको कार्यालय जुम्लाका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाले प्रत्यक्षतर्फको ७७ हजार र समानुपातिक तर्फको ८० हजार मतपत्र आज आइपुगेको जानकारी दिए ।

जिल्लामा ७१ हजार ७३९ मतदाता कायम छन् । निर्वाचन आयोगले मतदाताभन्दा १० प्रतिशत मतपत्र बढी पठाएको सहायक निर्वाचन अधिकृत तिमिल्सेनाले बताउनुभयो । निर्वाचनका लागि जुम्लामा ६५४ कर्मचारी खटिने जनाइएको छ । जिल्लामा ११० मतदान केन्द्र र ८५ वटा मतदानस्थल कायम गरिएको छ ।

सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र ९७४ जना निर्वाचन प्रहरी निर्वाचनको सुरक्षाका लागि खटिने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?