Butwal Today

पाल्पाली सेवा समाज कतारको नवौँ अधिवेशन सम्पन्न

३ फाल्गुन २०८२, आइतबार
अ+
अ-

दोहा, कतार ।

पाल्पाली सेवा समाज कतारको नवौँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । अधिवेशनले विकास गैरेको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । गैरे पाल्पा जिल्ला, पूर्वखोला गाउँपालिका–५, बिरकोटका निवासी हुन् ।

वरिष्ठ उपाध्यक्षमा गणेश बस्याल, प्रथम उपाध्यक्षमा प्रवीण तिमिल्सिना, द्वितीय उपाध्यक्षमा नारायण बस्याल, महिला उपाध्यक्षमा धना कुमारी श्रेष्ठ तथा तृतीय उपाध्यक्षमा विष्णु नेपाली चयन भएका छन् ।

महासचिवमा हिरालाल बस्याल निर्वाचित भएका छन् । उपमहासचिवमा ईश्वर काफ्ले र कमल भुसाल चयन भएका छन् । सचिवमा विवेक गैरे, कोषाध्यक्षमा ऋषिराम श्रेष्ठ तथा सह–कोषाध्यक्षमा नारायण सोमै मगर रहेका छन् ।

सदस्यहरूमा देवका बस्याल, सुरेश वि.सी., राजकुमार पाण्डे, बोमबहादुर डेंगा मगर, सरस्वती मल्ल, सरस्वती थापा, सुकमाया थापा, अमृता बुढाथोकी, धनबहादुर, नारायण घिमिरे, चण्डी बस्याल, काशीनारायण श्रेष्ठ र कमल श्रेष्ठ चयन भएका छन् ।

नवनिर्वाचित पदाधिकारीहरूलाई निर्वाचन समितिका संयोजक लिलम चिदी मगरले पद तथा गोपनीयताको शपथ गराएका थिए ।

समाजले १९ औँ स्थापना दिवसको अवसर पारेर अधिवेशन आयोजना गरेको हो । कार्यक्रममा पाल्पाली पहिचान झल्काउने ढाका टोपी लगाएर अतिथिहरूलाई स्वागत गरिएको थियो । महिला संयोजक धना कुमारी श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

महासचिव माधव भण्डारीले दुई वर्षे कार्यकालमा सम्पन्न गतिविधिहरू समेटिएको सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पाल्पाको सांस्कृतिक पहिचान झल्काउने परम्परागत परिकार चुकौनी र बटुक समावेश गरिएको थियो । सहभागीहरूले ती परिकारको स्वाद, मौलिकता र आतिथ्य भावनाको प्रशंसा गरेका थिए ।

तमु गुरुङ समाज कतारले सभापति तथा प्रमुख व्यक्तित्वहरूलाई फेटा लगाएर सम्मान गरेको थियो ।

विभिन्न स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति प्रस्तुत गरिएको कार्यक्रममा वक्ताहरूले पाल्पा जिल्ला ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले समृद्ध रहेको उल्लेख गरेका थिए ।

अधिवेशनको अवसरमा विभिन्न सामाजिक व्यक्तित्व, लुम्बिनी प्रदेशअन्तर्गतका जिल्ला संस्था, कलाकार तथा पत्रकारहरूलाई सम्मान गरिएको थियो ।

वक्ताहरूले कतारमा स्थापित नेपाली संस्थाहरू औपचारिक कार्यक्रममै सीमित नरही श्रमिकहरूको हित, सहयोग तथा सचेतनामूलक कार्यक्रमहरूमा केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए । समुदायबीच सहकार्य र एकताको आवश्यकता रहेको धारणा पनि राखिएको थियो ।

नवनिर्वाचित कार्यसमितिले कतारमा कार्यरत नेपाली श्रमिकहरूको हक–हित र कल्याणका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रमको सहजीकरण महासचिव माधव भण्डारीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?