© 2026
दाङ ।
दाङको धारपानीमा आज आइतबार महाशिवरात्रि मेला लागेको छ ।
आज बिहानैदेखि मन्दिर दर्शन तथा पूजाआजा गर्ने भक्तजनहरूको निकै ठुलो घुइँचो लागेको थियो । मेलालाई व्यवस्थित बनाउन गठन गरिएका विभिन्न १६ वटा उपसमिति, सुरक्षाकर्मी बाहेक तीन सय ५१ जना स्वयंसेवक परिचालन गर्दा मेला सभ्य, शान्त र व्यवस्थित भएको समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिएका छन् ।
मेलामा बिहान ९ बजेर ३७ मिनेटदेखि साढे १० बजे सम्मको साईत पारेर शिवपुजन तथा त्रिशूल सलामी दिईएको थियो । प्रमुख जिल्ला अधिकारी विश्वप्रकास अर्यालले स्थानीय सांस्कृतिक सम्पदालाई संरक्षण गर्नुपर्ने बताए ।
मेलामा विभिन्न भजनकृतन,नाचगान तथा नौमती पञ्चेबाजा समूह घोराही १३ ले नौमती पञ्जेवाजा,नेपाल ज्योतिष परिषद्,धामी झाँक्री समूहले तान्त्रिक झाकी प्रस्तुत गरेको थियो । सो अवसरमा घोराही उप महानगरपालिकाको स्वास्थ्य शाखाको आयोजना,स्वास्थ्य कार्यालय दाङ र गोरखा हस्पिटल लगायत विभिन्न संघसंस्थाहरूको समन्वय तथा सहकार्यमा नसर्ने रोगको स्क्रिनिङ शिविर सञ्चालन भएको थियो ।
शिविरमा प्राथमिक उपचार,मनोसामाजिक परामर्श,उच्च रक्तचाप,मधुमेह सुगर,मृगौला,उचाइ अनुपातमा तौल लगायतको परीक्षण,परामर्श तथा प्रेसन गरिएको शाखा प्रमुख राधा पौडेलले जानकारी दिइन ।
मेलामा भूतपूर्व सैनिक सङ्घले निःशुल्क शुद्ध पानी खुवाएको थियो । मेलामा दाङ र आसपासका जिल्लाबाट हजारौँ भक्तजनको उपस्थिति रहेको थियो ।

