Butwal Today

पूर्वाधारमा अब्बल बुटवल

३ फाल्गुन २०८२, आइतबार
अ+
अ-

बुटवल  ।

बुटवल उपमहानगरपालिका भौतिक पूर्वाधारको क्षेत्रमा अब्बल हुँदै गएको छ ।

विगत लामो समयदेखि पूर्वाधार विकासको लागि अगाडि बढेको बुटवलले सहरी क्षेत्र मात्र होइन नगरका ग्रामीण क्षेत्रमा भौतिक पूर्वाधार विकासका लागि यथेष्ट बजेट विनियोजन गरी योजनबद्ध विकासमा अगाडि बढेको हो ।

करिब २ लाख जनसङ्ख्या रहेको बुटवलले बुटवल काठमाडौँ उपत्यका बाहिर विकासका दृष्टिले अग्रणी सहर हो । पालिकाले क्षेत्रको एकीकृत विकासका लागि प्राधिकरणका रूपमा स्थापना गरेर समानुपातिक विकास र साझा सहरका रूपमा स्थापित गर्नुपर्छ र यहाँका साझा समस्याको समाधान एकीकृत रूपमा गर्नुपर्छ भन्ने कुरालाई अगाडि बढाउन बढाएर भौतिक पूर्वाधार विकास सङ्गैसँगै अन्य मानवीय आवश्यकताका क्षेत्रमा समेत आफूलाई अब्बल बनाएर लगिरहेको हो ।

बुटवल करिब एक करोड दश लाख वर्ष पुरानो आदिम मानव रामापिथेकसको अवशेष फेला परेको र नेपाल अङ्ग्रेज युद्धमा विजय हासिल गरेको प्राचीन, ऐतिहासिक, पर्यटकीय, व्यापारिक र व्यावसायिक केन्द्रको रूपमा अगाडि बढेको हो ।

मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार र जित गढी किल्ला रहेका छन् । मणिमुकुन्दसेन उद्यान, हिलपार्क, कपरकट्टी ताल, सिद्धबाबा मन्दिर, नरैनापुर धाम, निलकण्ठ बाबाधाम, मुक्तिनाथधाम, गणेश मन्दिर, नारायण स्थान, राधाकृष्ण मन्दिर, कालिका मन्दिर, राममन्दिर, भुवनेश्वरी मन्दिर, बौद्ध गुम्बा, पद्यम चैत्य विहार यहाँका प्रमुख पर्यटकीय र धार्मिक स्थल हुन् ।

बुटवल उपमहानगरपालिकालाई देशकै अग्रणी सहरको रूपमा विकास गर्नको लागि संविधानले दिएको अधिकार र उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै जनताको सेवामा हामी नगर प्रमुख खेलराज पाण्डेय बताउँछन् । उनले भने–‘ चाहे त्यो सेवा प्रवाहको पक्षमा होस्, या बुटवललाई आर्थिक, भौतिक र सामाजिक क्षेत्रमा अगुवा सहर बनाउने काममा होस्, हामी निरन्तर प्रयत्नरत रहेका छौँ ।’’

बुटवललाई शिक्षा, स्वास्थ्य, प्रविधि, पर्यटन, रोजगार, उद्यमलगायतलाई अरू धेरै अगाडि ल्याउनुपर्नेछ र बुटवललाई हरेक दृष्टिबाट अगुवा सहरका रूपमा स्थापित गर्नुपर्ने भन्ने मान्यतालाई मुख्य प्राथमिकता दिएर सोही अनुसार काम अगाडि बढाएको नगर प्रमुख पाण्डेयको भनाइ रहेको छ ।

बुटवललाई देशकै अगुवा सहरका रूपमा स्थापित गर्नका लागि शिक्षा, स्वास्थ्य, प्रविधि, पर्यटन, रोजगार सिर्जना, उद्यमशीलतामा बढाउनको लागि पालिकाले योजना बनाएको हो । हामी बुटवललाई शैक्षिक, व्यापारिक, औद्योगिक, पर्यटकीय, प्रविधियुक्त, स्वस्थ र अगुवा नगरका रूपमा स्थापित गर्न प्रयत्नरत रहेको पालिका उप प्रमुख सावित्रीदेवी अर्याल बताउँछन् ।

‘‘बुटवल हामी सबैको र हामी सबै बुटवलको’ भन्ने भावनासहित समुन्नत विकास तथा देशकै सबल आर्थिक केन्द्र बनाउन निरन्तर लागिरहनेमा हामी प्रतिबद्ध छौँ । सबै वडाहरूको सन्तुलित विकास गर्दै नगर बासीको साझा चौतारीको रूपमा बुटवल उपमहानगरपालिकालाई स्थापित गर्न हामी प्रयत्नरत छौँ ।’’

बुटवल उपमहानगरपालिकाले नयाँ नेतृत्व आएपछि बुटवल उपमहानगरपालिका वडा नं. १३ र १७ मा १६÷१६ बेडका अक्सिजन सहितका दुई अस्पताल निर्माण सुरु गरेको छ ।

यस्तै बुटवल–१५ सेमलारमा नेपालकै आधुनिक र व्यवस्थित कृषि बजार केन्द्र स्थापना गर्ने कामका लागि इआइए अन्तिम चरणमा पुगेको छ भने बुटवल उपमहानगरपालिका वडा नं.७ र ८ मा रहेको धागो कारखानादेखि उत्तरतर्फको २५ बिगाहा जग्गा प्रदेश स्तरको हरियाली बसपार्क निर्माणका लागि शिवनगर सामुदायिक वनसँग सहमति प्राप्त भई आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।

यस्तै लामो समयसम्म विवादमा रहेको मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा यकिन गरी व्यवस्थापन गर्न ड्रोन प्रविधिबाट जग्गा नाप जाँच गर्ने कार्य सम्पन्न गरेको छ भने लामो समयसम्म बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बसोबास गरे पनि बसोबासको कुनै प्रमाण नभएकाहरूलाई बसोबासको प्रमाण पत्र प्रदान गर्न सूचना जारी गरी प्रमाण पत्र वितरणको लागि प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

उपमहानगर क्षेत्रभित्र सडक तथा सार्वजनिक स्थलमा अव्यवस्थित रूपमा रहेका ठेला व्यवसाय र अन्य व्यवसाय तथा सामग्री हटाई व्यवस्थित गर्ने कार्य निरन्तर अघि बढेको हो ।

बुटवल उपमहानगरपालिकाबाट इजाजत प्राप्त नगरेका ई–रिक्सा सञ्चालनमा रोक लगाउँदै इजाजत प्राप्त भएका ई–रिक्सा नियमन तथा व्यवस्थापन गर्ने कार्य निरन्तर चलिरहेको छ भने सडकपेटीमा लगाउँदै आएका हरेक खालका व्यवसायलाई व्यवस्थित गर्दै हाटबजारभित्र व्यवस्थापन गर्ने कार्य अगाडि बढाइएको छ ।

तिनाउ नदी किनारका बस्तीमा बाढीले जोखिम पु¥याउनबाट रोक्नका लागि नदीको विभिन्न स्थानमा च्यानलाइज गर्ने कार्यको प्रक्रिया थालनी भएको छ र नदीको विभिन्न ठाउँमा तारजाली लगाउने कार्यलाई निरन्तरता दिइएको छ ।

ज्योतिनगर–लक्ष्मीनगर तथा पाखापानी पहिरोबाट प्रभावित क्षेत्रलाई गएको वर्षा याममा जोखिममुक्त बनाउने काम सफल भएको छ । साथै, आगामी वर्षा याममा जोखिम न्यूनीकरण गर्न बजेट व्यवस्थापन गरिसकिएकोले छिटै टेन्डर प्रक्रियामा जाने तयारी रहेको छ ।

आम्दा अस्पतालमा पारा मेडिकल र नर्सिङ विषयको प्रवीणता प्रमाण पत्र तहको कक्षा सञ्चालन, फार्मेसी ल्याब र थेरापी अध्ययनका लागि काम अघि बढेको छ । बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन आरम्भका लागि भौतिक पूर्वाधार तयार गर्ने काम अघि बढेको छ ।

बुटवल–१६ मा कृषि विज्ञान (बी.एस.सी.ए.जी.) कलेज स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । बहुतले पार्किङ भवन निर्माणका लागि परामर्शदातासँग सम्झौता भई आवश्यक प्रक्रिया अघि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?