Butwal Today

सिद्धबाबा क्षेत्रमा सवारी दुर्घटना, २ युवाको ज्यान गयो

२ फाल्गुन २०८२, शनिबार
अ+
अ-

बुटवल । बुटवल-पाल्पा सडक खण्डअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ मा शनिबार भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवाको ज्यान गएको छ ।

बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ४९ प ७७९५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको लु २ ख १८८३ नम्बरको टिप्परले ठक्कर दिएको थियो । टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । उनीहरुलाई तत्काल उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा मृत्यु हुने दुवै युवाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान खुलाउने तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

दुर्घटनापछि टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिद्धार्थ राजमार्गमा पछिल्लो समय सवारी चाप र तीव्र गतिका कारण दुर्घटनाका घटना बढ्दै गएकाले सावधानी अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?