© 2026
रुकुम पुर्व ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले लुकुमलाई नमूना गाउँ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन । भूमे गाउँपालिका–१ लुकुममा आज मतदातासित भेटघाट गर्दै संयोजक दाहालले संस्कृतिले भरिपूर्ण भएको उक्त गाउँलाई आफू विजयी भएपछि नमूना बनाउन पहल गर्ने बताए । लुकुम गाउँको प्रख्यात झाँक्री नाचका बारेमा आफूले श्रव्यदृश्य हेरेको उल्लेख गर्दै उहाँले सामाजिक तथा संस्कृतिक रुपले धनी लुकुमको विकासमा विशेष योजना ल्याइने विश्वास व्यक्त गरे ।
त्यसक्रममा भूमे–१ का वडाध्यक्ष मनकाजी पुनले वडावासीका माग संयोजक दाहालसमक्ष पेस गरेका । सिद्धचौर माध्यमिक विद्यालयका प्रधानाध्यापक रामबहादुर पुनले विद्यालय विकास निर्माणबारे उनको ध्यानाकर्षण गराए । मागपत्र बुझ्दै संयोजक दाहालले स्थानीयको आवश्यकता र भावनालाई आफूले जतिसक्दो छिटो सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस