Butwal Today

रवि लामिछाने भन्छन् : मलाई अदालतले न्याय दिने विश्वास छ

२९ माघ २०८२, बिहीबार
अ+
अ-

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि लागेका आरोपबारे अदालतले न्याय गर्ने विश्वास व्यक्त गरेका छन् ।

बिहीबार जिल्ला अदालत कास्की, पोखरामा तारिख बुझ्न उपस्थित भएका लामिछानेले सञ्चारकर्मीसँग कुरा गर्दै विभिन्न मुद्दाका कारण आफूले अहिले विभिन्न अदालतमा उपस्थित हुनुपरेको बताए । अदालतबाट सबैले न्याय पाउने विश्वास व्यक्त गर्दै उनले कानुनी तथा अदालती प्रक्रियाप्रति सदैव सम्मान रहेको धारणा राखे ।

मुद्दा दर्ता भएका अदालतमा तारिख बुझ्न आफै उपस्थित हुनुपर्ने भएकाले समय तालिका मिलाएर व्यवस्थापन गरिरहेको उनले बताए । कानुनी राज्य स्थापनाको पक्षमा आफूहरू रहेको उल्लेख गर्दै उनले कानुनी प्रक्रियालाई जिम्मेवारीपूर्वक वहन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?