© 2026
दोहा, कतार ।
कतारमा स्थापित सामाजिक संस्था पाल्पाली सेवा समाज कतारको १९औँ स्थापना दिवस तथा नवौँ अधिवेशन शुक्रबार सम्पन्न हुने भएको छ ।
समाजले ग्रान्डमलमा अवस्थित लालीगुराँस रेस्टुरेन्टको सभाहलमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।
अधिवेशनको अवसरमा समाजले साधारण सदस्यता खुला गरेको जनाएको छ । समाजका अध्यक्ष विश्वनाथ भट्टराईले कतारमा रहेका सम्पूर्ण पाल्पाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई संस्थासँग आबद्ध हुन आग्रह गरेका छन् ।
दुई वर्षे कार्यकालमा संस्थाले सम्पन्न गरेका गतिविधिहरूको समीक्षा, आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुति तथा नयाँ कार्यसमिति चयन कार्यक्रमका मुख्य एजेन्डा रहने जनाइएको छ ।
कार्यक्रम संयोजक विकास गैह्रेका अनुसार कार्यक्रमलाई थप आकर्षक बनाउन कतारमा रहेका स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति पनि रहनेछ ।
समाजले स्थापना दिवस तथा अधिवेशनलाई भव्य रूपमा सफल बनाउन कतारमा रहेका सम्पूर्ण पाल्पाली तथा नेपाली समुदायलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ ।
बुटवल टुँडे राष्ट्रिय दैनिक उक्त कार्यक्रमको सञ्चार सहयोगीका रूपमा रहनेछ ।