Butwal Today

कोसी प्रदेश सरकार: मन्त्रिपरिषद् बैठक

२९ माघ २०८२, बिहीबार
अ+
अ-

विराटनगर ।

कोसी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश अनुसन्धान प्रशिक्षक प्रतिष्ठान ऐन—२०७९ लाई संशोधन गर्न बनेको विधेयक कानुन, न्याय तथा प्रदेश मामिला समितिमा पेस गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीका अनुसार आयोजना छनोट तथा वर्गीकरण बैंक व्यवस्थापन कार्यविधिलाई संशोधन गर्नका लागि आर्थिक सामाजिक तथा पूर्वाधार समितिमा लैजाने निर्णयसमेत भएको छ ।

त्यस्तै आजको बैठकले आर्थिक वर्ष २०८३ र ८४ का लागि प्रदेशबाट कार्यान्वयन हुने समग्र र विशेष अनुदानका आयोजना राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने निर्णयसमेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?