© 2026
बुटवल ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशका ११ उपमहानगरपालिकाको कार्यसम्पादन मूल्यांकनको नतिजा बिहीबार सार्वजनिक गरेको छ ।मूल्यांकनअनुसार बुटवल उपमहानगरपालिका ६४.४४ अंकसहित शीर्ष स्थानमा देखिएको छ भने इटहरी उपमहानगरपालिका ३८.९६ अंकसहित सबैभन्दा कमजोर रहेको छ ।
दाङका दुई उपमहानगरपालिकामा तुल्सीपुरले ६१.५३ र घोराहीले ६.०८ अंक प्राप्त गरेका छन् । धरान उपमहानगरपालिकाले ४९.७६ अंक ल्याएको देखिन्छ ।
आयोगले स्थानीय तहको मूल्यांकनका लागि कुल १७ सूचक प्रयोग गरेको थियो । यसमा बजेट असारभित्र सार्वजनिक र पास नगर्नु, आव २०८१/८२ का घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर र विज्ञापन करबाट उठेको रकमको ४० प्रतिशत मासिक प्रदेश सञ्चित कोषमा नदिने जस्ता वित्तीय सूचक समावेश छन् ।
साथै आगामी आवको बजेट प्रक्षेपण अर्थ मन्त्रालयमा बुझाएको वा नगरेको, बजेट समीक्षा नगरेको, राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसइई परीक्षा नतिजा र खोप लगाएका बालबालिका अनुपात समेत मूल्यांकनको आधार बनेका छन् ।