© 2026
बुटवल । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भोलि बिहीबार रुपन्देहीको भैरहवामा पार्टीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने भएका छन् ।
बिहिबार बिहान ११ बजे भैरहवास्थित युनिक बैंक्वेटमा जिल्ला स्तरिय कार्यकर्ता भेला आयोजना हुने जनाइएको छ। उक्त कार्यक्रममा उम्मेदवार सहित पार्टीका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, लुम्बिनी प्रदेशका पदाधिकारी तथा सदस्यहरू, क्षेत्रीय समिति, पाँच वटै क्षेत्रीय सभापतिहरु, प्रदेशसभा ‘क’ र ‘ख’ समिति, पालिका तथा वडाका सभापतिहरुलाई अनिवार्य उपस्थित हुन नेपाली काँग्रेस रुपन्देही अनुरोध गरेको छ ।
आम निर्वाचनलाई लक्षित गर्दै पार्टीको रणनीति, संगठन सुदृढीकरण तथा आगामी कार्यदिशा सम्बन्धमा केन्द्रीय उपसभापति शर्माले मार्गदर्शन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिए ।
५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा आसन्न प्रतिनीधि सभा निर्वाचनमा नेपाली काँग्रेसले क्षेत्र नं. १ मा हिराबहादुर खत्री, क्षेत्र नं. २ मा चुन्नप्रसाद पौडेल, क्षेत्र नं. ३ मा सुशिल गुरुङ, क्षेत्र नं. ४ मा आशुतोष मिश्रा र क्षेत्र नं. ५ मा भरतकुमार शाहलाई उम्मेदवार बनाएको छ ।