Butwal Today

तामाकोसी दुर्घटनाप्रति रास्वपाद्वारा दुःख व्यक्त

२७ माघ २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँबाट रामेछापतर्फ जाँदै गरेको यात्रुवाहक बस तामाकोसी नदीमा खस्दा भएको दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै रास्वपाले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले आज विज्ञप्ति जारी गर्दै दुर्घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?