Butwal Today

रामेछापको लिलौटीमा बस दुर्घटना: पाँच जनाको मृत्यु

२७ माघ २०८२, मंगलवार
अ+
अ-

रामेछाप-रामेछापमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। काठमाडौंबाट ओखलढुङ्गातर्फ आउँदै गरेको १९७५ नम्बरको अरनिको यातायातको यात्रुबहाक बस मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिवेणी नजिकै लिलौटी भन्ने ठाउँबाट सिधै तामाकोशीमा खसेको हो।

दुर्घटनामा अहिलेसम्म पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले बताए। उनले गाडी साहुसहित पाँच जनाको शव निकालिएको पुष्टि गरे।

प्रहरी निरीक्षक तिम्सिनाका अनुसार हालसम्म ३ जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पठाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?