Butwal Today

एक ढिक्का भई निर्वाचनमा जुटनुहोस : उपसभापति शर्मा

२७ माघ २०८२, मंगलवार
अ+
अ-
बाँके ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले द्वन्द्व र विमतिलाई बिर्सिएर एक ढिक्का भई निर्वाचनमा जुटन आग्रह गरेका छन । निर्वाचन परिचालन एवम् प्रचारप्रसार मूल समिति नेपाली कांग्रेस बाँकेद्वारा आज नेपालगञ्जमा आयोजित बृहत जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले विशेष महाधिवेशनपछि पार्टी बदलिएर जनतामाझ गएको बताए ।
शर्माले कांग्रेसले यस पटक करिब दुई तिहाई नयाँ उम्मेदवार बनाएको उल्लेख गरे । “जेनजी विद्रोहपछि साँच्चिकै सच्चिएर आएको दल कांग्रेस हो,” उनले भने, “देशलाई गाँस्ने पार्टी कांग्रेस हो । अब बन्ने सरकारले नागरिकमा आशा र भरोसा जगाउनुपर्नेछ, त्यो तागत कांग्रेससँग छ । इतिहास साक्षी छ, समन्वय, सहकार्य र एकता कायम गर्न सक्ने समाथ्र्य कांग्रेससँग छ।”
भेलामा नेपाली कांग्रेस केन्द्रीय सदस्य गोपाल दहित, कांग्रेस लुम्बिनी प्रदेश उपसभापति एवम् निर्वाचन परिचालन मूलसमिति संयोजक राजु खनाल, नेपाली कांग्रेस बाँके क्षेत्र नं ३ का उम्मेदवार अमरसिंह पुन, क्षेत्र नं १ का उम्मेदवार नारायणप्रसाद गौडेल, क्षेत्र नं २ का उम्मेदवार शुधांसु कोइराला, समानुपातिक उम्मेदवार दुखीराम लोनियाले जनआकांक्षा सम्बोधन र संविधान रक्षाका लागि कांग्रेसलाई जिताउन आग्रह गरेका थिए । नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भेलामा जिल्लाभरी अगुवा कार्यक्रर्ताको सहभागिता रहेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?