Butwal Today

निर्वाचनको तयारी तीब्र, निर्वाचन क्षेत्रमा मतपेटिका पठाइँदै

२७ माघ २०८२, मंगलवार
अ+
अ-

बुटवल। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा तयारी तीव्र बनाइएको छ। निर्वाचन सामग्री व्यवस्थापन, मतपेटिका सरसफाइ तथा सुरक्षाकर्मीको अभ्याससमेत अन्तिम चरणमा पुगेको छ।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले मतदानका दिन आवश्यक पर्ने मतपेटिकाहरू मंगलबार दाङका तीनवटै निर्वाचन क्षेत्रमा पठाएको सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए। कार्यालयका अनुसार दाङको क्षेत्र नम्बर १ मा ५८५ क्षेत्र नम्बर दुईका लागि ६ सय र क्षेत्र नम्बर ३ का लागि ६ सय मतपेटिका पठाएको छ।

निर्वाचन कार्यालयले नयाँ मतपेटिका नल्याइ यसअघिका निर्वाचनमा प्रयोग भएका मतपेटिकाहरूलाई नै पुन: प्रयोगमा ल्याउने भएको हो। निर्वाचन कार्यालयले अन्य निर्वाचन सामग्रीहरू पनि अबको केही दिनमा निर्वाचन क्षेत्रहरूमा पठाउने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?