Butwal Today

सवारी दुर्घटनामा उपप्रमुख दरैसहित चार घाइते

२७ माघ २०८२, मंगलवार
अ+
अ-

तनहुँ ।

पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको शुक्लागण्डकी–२ दुलेगौँडामा आज सवारी दुर्घटनामा परी व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैसहित चार जना घाइते भएका छन् । जिल्लाको दुलेगौँडाबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०६४ प ०७८३ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ आउँदै गरेको ग १ ज ४६६७ नम्बरको ट्याक्सी एकापसमा ठक्कर खाएपछि ट्याक्सी अर्को सामान बोक्ने भ्यानमा ठक्किएको थियो ।

पोखराबाट दुलेगौँडातर्फ आउँदै गरेको ध १ ज ६२४ नं को भ्यानमा ठोक्किएपछि ट्याक्सीमा सवार उपप्रमुख दरै, उनका छोरा २७ वर्षीय हेमन्त दरै, ट्याक्सी चालक कास्की पोखरा महानगरपालिका–५ मालेपाटनका ३८ वर्षीय सन्देश गोले र पोखरा महानगरपालिका–१४ चाउथेका १८ वर्षीय मोटरसाइकल चालक समेशकुमार थापा रहेका छन् ।

गोलेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र अन्य तीन जनाको आविस्कार अस्पताल पोखरामा उपचार भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?