© 2026
झापा ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज हुलाकी राजमार्ग तथा गौरीगञ्ज बजारको अवलोकन गरेका छन् ।
चुनावी अभियानका क्रममा गृह जिल्ला आएका ओलीले सडक र बजार अवलोकनसँगै मतदातासँग भेटघाट समेत गर्नुभएको गरेका छन् ।
उनले खजुरगाछी, देवीगञ्ज, जनताचोक, मल्हाटोली, दिनाभद्री, चिल्हरा, श्याम टोली, छहारी चोक, हरिरा, गौरीगाडाँगीलगायत बस्तीमा पुगेर मतदाता अपेक्षा, गुनासो सुन्दै भावी कार्य योजनाका बारेमा जानकारी दिए ।
शुक्रबारदेखि नै अध्यक्ष ओली आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् ।
स्थानीयले यस क्षेत्रको विकासका लागि उनले पु-याउँदै आएको योगदानको चर्चा गर्दै फेरि पनि जितेर बाँकी कामहरू पूरा गर्न आग्रह गरेको प्रचार समिति संयोजक देवेन्द्र दाहालले बताए । रासस