Butwal Today

बढ्यो सुनचाँदीको भाउ

२६ माघ २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

नेपाली बजारमा सुन र चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा आज सुन र चाँदीको मूल्य बढेको छ ।

महासङ्घका अनुसार सुनको मूल्य आइतबारको तुलनामा प्रतितोला रु. चार हजार एक सयले बढेर रु. तीन लाख चार हजार ६०० पुगेको छ । साथै चाँदीको मूल्य आइतबारको तुलनामा प्रतितोला रु. २४० ले बढेर रु. पाँच हजार २५० मा कारोबार भइरहेको छ । रासस