Butwal Today

बङ्गलादेशी महिलाहरूद्वारा प्रतिनिधित्वको माग गर्दै प्रदर्शन

२६ माघ २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

आगामी निर्वाचनमा न्यायसङ्गत  राजनीतिक प्रतिनिधित्वको माग गर्दै बङ्गलादेशी महिलाहरूले सोमबार ढाकाको सडकमा प्रदर्शन गरेका छन् ।

आसन्न चुनावमा मतदानको लागि मार्ग प्रशस्त गर्ने सन् २०२४ को विद्रोहको नेतृत्व गर्न ठुलो भूमिका खेलेता पनि, महिलाहरू बङ्गलादेशको राजनीतिक क्षेत्रबाट धेरै हदसम्म बहिष्कृत भएको उनीहरूले जनाका छन् ।

हाल चार प्रतिशत भन्दा कम महिला उम्मेदवारहरू चुनावी प्रक्रियामा छन् भने ३० वटा दलहरूले पुरुष उम्मेदवारलाई मात्र टिकट दिएका छन् ।

प्रदर्शन धार्मिक र राजनीतिक र्‍यालीहरूमा महिलाहरूलाई लक्षित गर्ने बढ्दो प्रवृत्तिले उनीहरूलाई सार्वजनिक जीवनबाट वञ्चित गराउने प्रयासको पृष्ठ भूमिमा यो प्रदर्शन भएको बताइएको छ ।

शेख हसिनाको निरङ्कुश सरकार अपदस्थ भएपछि आगामी फेब्रुअरी– १२ को मतदान पहिलो निर्वाचन हुनेछ ।

जन विद्रोहको आकाङ्क्षा न्याय र समानतामा आधारित देश निर्माण गर्ने रहेको उल्लेख गर्दै महिलाहरू बिस्तारै सार्वजनिक क्षेत्रबाट हटाइरहेको प्रदर्शनकारीले दुखेसो गरेका छन् ।

यद्देपी बङ्गलादेश लामो समय देखि शक्तिशाली महिलाहरूद्वारा नेतृत्व गरिएको देश हो जसमा हसिना र उहाँको प्रतिद्वन्द्वी, स्वर्गीय प्रधानमन्त्री खालिदा जियाको उल्लेख्य भूमिका देखिन्छ ।

बङ्गलादेशको सबैभन्दा ठुलो इस्लामवादी राजनीतिक दल, जमात–ए–इस्लामीले कुनै पनि महिला उम्मेदवारलाई मैदानमा नउतारी राजनीतिमा महिलाहरूका लागि समाज तयार नभएको सुझाव दिएका छन् ।