Butwal Today

दाङमा २१ जना फरार प्रतिवादी पक्राउ 

२६ माघ २०८२, सोमबार
अ+
अ-

दाङ । 

दाङमा २१ जना फरार प्रतिवादी पक्राउ परेका छन् । विभिन्न मुद्दामा फैसला भई फरार रहेका २१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको दाङ प्रहरीले जनाएको हो ।

माघ १८ गते देखि २५ गतेसम्म ७ दिनको अवधिमा २१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं  प्रहरी नायव उपरीक्षक रेशम बोहोराले जानकारी दिए ।

उनका अनुसार अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन खोजतलास गर्ने क्रममा फरार प्रतिवादीहरू पक्राउ परेका हुन् । प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका प्रतिवादीहरूबाट ३२ लाख ९३ हजार १ सय रुपैयाँ जरिवाना असुल गरिएको छ भने १ वर्ष १६ दिन कैद सजाय तोकिएको डिएसपी बोहोराले जानकारी दिए ।

पक्राउ परेका सबै प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत दाङमा पठाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।