Butwal Today

रास्वपा सभापति रविको कार्यक्रमबारे निर्वाचन कार्यालय नवलपरासीले गरायो सचेत

२६ माघ २०८२, सोमबार
अ+
अ-

बुटवल। नवलपरासी पश्चिममा राष्ट्रिय स्वतन्त्र पार्टीको ‘रोड सो’ ले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने भन्दै सचेत गराइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषन राज भण्डारीले सोमबार सूचना प्रकाशित गर्दै माघ २७ गते राष्ट्रिय स्वतन्त्र पार्टीले ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ रहेको सूचना प्राप्त भएको भन्दै आचारसंहिता विपरीतका गतिविधि नगर्न सचेत गराएका हुन्।