© 2026
पाल्पा, २५ माघ ।
गत वर्ष रम्भा गाउँपालिकाको रिमिघा लेकका हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा भेटिएको सन्देश फैलियो । यार्सा भेटिएका वन क्षेत्रमा डिभिजन वन कार्यालयद्वारा हप्ता दिन सम्म प्रवेश निषेध गरियो । यही क्षेत्रमा ।
भूगोलका हिसाबले मध्य पहाडी क्षेत्रमा पर्ने यस जिल्लाको उच्च पहाडमा एकाएक यार्सा भेटिएकोमा सबै खुसी भए ।
यार्सा भेटिएको भनेपछि राष्ट्रिय महत्त्व राख्ने गरी समाचार बन्दा खुसी शब्दमा व्यक्त गर्न नसकिने रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु भण्डारी बताउँछन् ।
बहुमूल्य जडीबुटीको परीक्षणका लागि खाद्य तथा गुण प्रविधि नियन्त्रण कार्यालय, वनस्पति विभाग सर्वत्र यसको परीक्षण गर्दा यार्सा नै प्रमाणित भयो तर उपयोगका लागि अयोग्य भन्ने परीक्षणबाट पत्ता लागेका कारण यो प्रकरण सेलाएको डिभिजन वन कार्यालयका सूचना अधिकारी खिल बहादुर तामाङले बताए ।
प्रदेश तहमा यस विषयमा दक्ष प्राविधिक नभएका कारण सङ्घीय कार्यालय मार्फत समन्वय गरी परीक्षणबाट पत्ता लागेको थियो । प्रारम्भिक अवस्थामा यसको बिस्तार तथा विकासका लागि पञ्च वर्षीय कार्यान्वयन बनाउन मन्त्रालयबाट स्वीकृत भएको थियो ।
अन्ततः उपयोगका लागि योग्य ठहर नभएपछि सबै योजना हराएको उनले बताए ।