Butwal Today

विश्वकपमा नेपाल [तस्वीरहरु]

२५ माघ २०८२, आइतबार
अ+
अ-

तेस्रोपटक आईसीसी विश्वकप खेलिरहेको नेपालले अहिले पहिलो खेल इंग्ल्यान्डसँग खेलिरहेको छ। मुम्बईको वानखेडे स्टेडियममा समूह ‘सी’ अन्तर्गत इंग्ल्यान्ड र नेपाल खेलिरहेका हुन्। पहिले ब्याटिङ गरेको इङ्गल्याण्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोली पहिलोपटक आमनेसामने भएका हुन्।

नेपाली टोलीमा कुशल भुर्तेल, आशिष शेख, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, शेर मल्ल, आरिफ सेख, गुलसन झा, लोकेश बम,  नन्दन यादव र सन्दीप लामिछाने छन्।

तस्वीरहरु: AP, AFP, Cricinfo