© 2026
नवलपरासी ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुस्ता गाउँपालिका–५ बलिनगरमा अवैध रूपमा हतियार लुकाई छिपाई राखिएको अवस्थामा प्रहरीले हतियार बरामद गरेको छ।
शनिबार दिउँसो करिब २ बजे प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी रामनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले बलिनगर निवासी वर्ष ४५ का श्रीराम पटेल भनिने श्रीराम कुर्मीको घरमा खानतलासी गरेको हो ।
खानतलासीका क्रममा श्रीराम कुर्मीको घरको माथिल्लो तलाको कोठामा लुकाई छिपाई राखिएको अवस्थामा १२ बोर एकनाले बन्दुक थान १, कार्टिज थान २, खाली खोका थान १, केही छर्रा तथा छर्रा बनाउने खाँचो फेला पारी रीतपूर्वक बरामद गरिएको प्रहरीले जनाएको छ।
अवैध हतियार लुकाई राख्ने कार्यमा संलग्न रहेका श्रीराम पटेल भनिने श्रीराम कुर्मीको खोजतलास तथा सो घटनासम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।