© 2026
बुटवल । देशकै लोकप्रिय सांगीतिक ब्याण्ड नेपथ्यको नेपाल टूरअन्तर्गत आज बुटवलमा कन्सर्ट हुँदै छ । हेटौडाबाट नेपाल यात्रा थालेको नेपथ्यको बुटवल कन्सर्टको व्यवस्थापन ब्याकअप इभेन्टसले गरेको छ।
बुटवल रामनगरस्थित बुटवल अन्तर्राष्ट्रिय सभाहलको कम्पाउण्डमा हुने कन्सर्टका लागि नेपथ्यका मूख्य गायक अमृत गुरुङसहितको टीम बुटवल आइसकेको छ।
ब्याकअप इभेन्टस्का सञ्चालक सविन अर्यालले शिक्षा क्षेत्रको प्रबर्द्धनका लागि ३० वर्षभन्दा मुनिका युवाहरूको पहलमा कार्यक्रम राखिएको बताए ।
कन्सर्ट हेर्नका लागि विद्यार्थीलाई सहुलियतका १ हजार र सामान्य टिकट १ हजार ५०० राखिएको उनको भनाइ छ ।
ब्याकअप इभेन्टस्का सल्लाहकार सन्तोष टन्डनले नेपथ्यसँग बुटवल झुम्ने बताए । कार्यक्रम साँझ सवा चार बजेबाट शुरू भएर सवा ८ बजे सकिने उनको भनाइ छ ।
कार्यक्रममा ६ हजार जना सहभागी हुने अपेक्षा छ