Butwal Today

शिक्षा, स्वास्थ्य, रोजगार, कृषि र पर्यटनका क्षेत्र प्राथमिकता हुन्: लम्साल

२४ माघ २०८२, शनिबार
अ+
अ-

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार सुनिल लम्सालले शिक्षा, स्वास्थ्य, रोजगार, कृषि र पर्यटनका क्षेत्रमा नयाँ हिसाबले काम गर्ने योजना प्रस्तुत गरेका छन्।

शनिवार तिलोत्तमा मंगलापुरस्थित एक होटलमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा उनले नयाँ जोशका साथ चुनाबी मैदानमा आएको बताए। उनले राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ योजनाका साथ चुनाबी मैदानमा आएको बताउँदै रास्वपाको पक्षमा माहोल बन्दै गएको बताए।

लम्सालले सुरुमा पत्रकार भेटघाटलाई अफ द रेकर्ड भन्दै परिचय मात्रै गर्न खोजेको बताएपनि पत्रकारहरुले प्रश्नहरुको जवाफ मागेपछि अन्तरक्रिया गरेका थिए। उनले पार्टीको घोषणापत्र आएपछि निर्वाचन क्षेत्रको घोषणापत्र ल्याउने र त्यसमा विस्तृत रुपमा योजनाहरु समावेश गर्ने बताएका थिए।