© 2026
काठमाडौँ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बैतडी जिल्लाको पुर्चौडीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
अध्यक्ष ओलीले आज सामाजिक सञ्जालमार्फत बझाङबाट बैतडीमा जन्ती गएर दुलही लिएर फर्किँदै गर्दा भएको दुर्घटनामा १३ जनाको ज्यान गएको दुःखद खबरले मर्माहत भएको बताए ।
उनले दुर्घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासमेत गरेका छन् ।
अध्यक्ष ओलीले दुर्घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्। हिजो बैतडी जिल्लाको पुर्चौडीमा भएको बस दुर्घटनामा १३ जनाको निधन भएको थियो ।