Butwal Today

क्षितिजमा अन्तर कलेज बास्केटबल प्रतियोगिता

२३ माघ २०८२, शुक्रबार
अ+
अ-

बुटवल ।

क्षितिज कलेज बुटवलको आयोजनामा ‘क्षितिज कप २०२६’ भएको छ । न्यु होराईजन कलेजमा आयोजना गरिएको प्रतियोगिता क्षितिज स्टुण्डेन्ट काउन्सिलको आयोजनामा भएको हो ।

फाइनल खेलमा लुम्बिनी वाणिज्य क्याम्पस र मणिमुकुन्द कलेज बीच कडा प्रतिस्पर्धा भएको थियो । रोमाञ्चक खेलपछि मणिमुकुन्द कलेज विजेता बन्न सफल भयो लुम्बिनी वाणिज्य क्याम्पस उप–विजेता घोषित भयो ।

विजेता टिमलाई रु. १५,००० नगद पुरस्कार तथा उप–विजेता टिमलाई रु. १०,००० नगद पुरस्कार प्रदान गरिएको थियो ।

साथै दुवै टिमलाई सम्मान समेत गरिएको थियो । प्रतियोगिता समुद्घाटन कार्यक्रममा काउन्सिलका अध्यक्ष समीक्षा पाण्डे, क्षितिज ईन्टरनेशनल कलेजका अध्यक्ष रामेश्वर श्रेष्ठ, प्रिन्सीपल डा. सुर्य बहादुर राना लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम सफल बनाउन आयोजक टोली, स्वयंसेवक, खेलाडी, समर्थक तथा कलेज प्रशासनको विशेष योगदान रहेको थियो । यस प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रति रुचि बढाउनुका साथै प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गरेको विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।

प्रतियोगिताले विद्यार्थीहरूबिच मित्रता, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना बढाउन महत्त्वपूर्ण भूमिका खेलेको आयोजक समितिले जनाएको छ ।